करेन्ट लागेर वृद्धको मृत्यु
नुवाकोट, । काठ चिर्ने क्रममा करेन्ट लागेर विदुर नगरपालिका– १२ चारघरेका मानबहादुर तामाङको मृत्यु भएको छ ।
आफ्नै फर्निचर उद्योगमा काठ चिर्दै गर्दा करेन्ट लागेर घाइते भएका ७० वर्षका तामाङको उपचारको क्रममा शुक्रबार त्रिशूली जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस