दाङमा काँग्रेसले खोल्यो खाता
दाङ । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ ।
अध्यक्षमा काँग्रेसका पदम केसीले तीन सय ५४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तराम भण्डारीले २ सय ५४ मत प्राप्त भएको छ ।
त्यसैगरी महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यमा चन्द्रकुमार घर्ती र माधिका कँवर विजयी भएका छन् । सो वडामा ९ सय ४३ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस