गुल्मीको दरबार गाउँपालिकामा एमालेको प्यनल विजयी
गुल्मी । गुल्मी जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।
वडाध्यक्षमा रामबहादुर पल्लीले ७ सय ६६ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम पुनले ६ सय ५८ मत प्राप्त गरेका छन् ।
यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली काँग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८ सय ३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४ सय ४४ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस