भोजपुर नगरपालिकामा माओवादी केन्द्रको अग्रता
धनकुटा । स्थानिय तह निर्वाचन अन्तर्गत भोजपुर नगरपालिकाको ताजा मत परिणाम अनुसार मेयरमा माओवादी केन्द्रका रणकुमार तामाङ ७७ मत सहित अग्र स्थानमा रहेका छन् ।
त्यस्तै नेकपा एमालेका गणेश श्रेष्ठ ६९ मत सहित दोस्रो स्थानमा, नेपाली कांग्रेसका कैलाशकुमार आले ४५ मत सहित तेस्रो स्थानमा छन् ।
उपमेयरमा माओवादी केन्द्रका मोनिका राई ७५ मत सहित अग्र स्थानमा, एमालेका ममिता राई ७२ मत सहित दोस्रो र नेपाली कांग्रेसका कृतिकुमारी कार्की ४१ मत सहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।
प्रतिकृया दिनुहोस