हतियार प्रहार गरी श्रीमानको हत्या

Hattya

म्याग्दी, । म्यग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमान्को हत्या गरेको अभियोग लगाइएको छ ।

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा साबेल प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमान्को टाउकामा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इप्रका, दरबाङ प्रहरीले जनाएको छ ।

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...