मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरीलाई सेनाको हेलिकप्टरमा उद्धार

Helicopter nepal army

रुकुम । झाडापखालाका कारण गम्भीर बिरामी भएकी एक म्यादी प्रहरीलाई आज नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

सिस्ने गाउँपालिका– १ पाखापानी मतदान केन्द्रमा खटिएकी म्यादी प्रहरी २३ वर्षीया सीता बिसीलाई सेनाको हेलिकप्टरमा उद्धार गरी सदरमुकाम मुसिकोट ल्याइएको छ ।

चौरजहारी नगरपालिका– ६ घर भएकी बिसी पखालाबाट केही दिनदेखि सिकिस्त थिइन । बोल्नै नसक्ने अवस्थाकी बिसीलाई सुर्खेतबाट हवाईगस्तीमा रुकुम आएको सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि मुसिकोटस्थित जिल्ला अस्पताल ल्याएको प्रहरी नायव उपरीक्षक अङकुर जिसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...