संखुवासभामा शान्तिपूर्ण रुपमा संखुवासभा निर्वाचन

Capture 216

संखुवासभा । संखुवासभा जिल्लाको ५ नगरपालिका र ५ गाउँपालिकाका सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा आज निर्वाचन भएको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा विहान ७ बजेबाट शुरु भएको हो । विहान मौसम प्रतिकुल भए पनि मतदाताहरु उत्सुकताका साथ आ–आफ्नो मतदान केन्द्रमा पुगेका थिए ।

सबै मदतान केन्द्रमा बृद्ध, आशक्तहरुको लागि भोट हाल्न सहज व्यवस्था गरिएको छ । संखुवासभाको क्षेत्र नं। २ का ४ नगरपालिका र क्षेत्र नं। १ को १ नगरपालिका सहित ५ गाउँपालिकामा मतदाताहरुले उत्सुकताका साथ निर्वाचनमा भाग लिएको थियो ।

संखुवासभाको बुधबार भएको मतदानमा खाँदवारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन गनरपालिका सहित मकालु, सिलिचुङ, भोटखोला, चिचिला, र सभापोखरी गाउँपालिकामा विहान सबेरै देखि सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान गरिरहेको निर्वाचनको कार्यालय संखुवासभाले जनाएको छ ।सबै मतदानकेन्द्रमा व्यवस्था व्यवस्थित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...