पाल्पामा मतदान गर्न आएका २ हृदयघात भइ मृत्यु

Heart attack

पाल्पा । मतदान गर्न लाइनमा बस्दै गर्दा हृदयघात भइ २ जनाको मृत्यु भएको छ । जिल्लाको बगनाशकाली गाउँपालिका १ मा एक महिला र सोही गाउँपालिका ६ मा एक वृद्ध पुरुषको मृत्यु भएको हो।

बगनाशकाली १, घोरबन्दामा ६२ वर्षीय कृष्णाकुमारी कुमाल र बगनाशकाली ६, यम्घाका ८४ वर्षीय पूर्णचन्द भट्टराईको मृत्यु भएको हो। कृष्णाकुमारी कुमालको श्रीराम प्राथमिक विद्यालयको मतदान केन्द्रदेखी एक सय मिटर नजिक लाईनमा बस्न जाँदै गर्दा बिहान मृत्यु भएको हो।

८४ वर्षीय भट्टराईको अरनिको आधारभूत विद्यालयमा मतदान गर्न लाइनमा बस्नासाथ हृदयघात भई मृत्यु भएको वगनाशकाली गाउँपालिकाका निर्वाचन अधिकृत तिलक पौडेलले बताए। उनीहरु दुवैको बिहान ८ बजेको समयमा निधन भएको हो।

कुमाल मतदानको प्रक्रियाका समयमा अचानक बेहोस भएर लडेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। भट्टराईको शव मतदान स्थल नजिकै राखिएको छ। उनका छोरा छैनन्। बिहान केही समय मतदान प्रक्रिया प्रभावित भएता पनि अहिले मतदान कार्य सुचारु छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...