अति संवेदनशिल मानिएको तेह्रथुमका मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान

The 33333

तेह्रथुम । तेह्रथुमको अति संवेदनशिल क्षेत्र मानिएको आठराई गाउँपालिकास्थित शारदा आधारभूत विद्यालय केन्द्रमा समेत शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

जिल्लाका ५७ स्थानमा रहेका ८५ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको हो । बिहानैबाट केही ठाउँमा पानी परेर समस्या भएपनि सबै मतदान केन्द्रमा मतदाता उत्साहित भएर मतदान गरिरहेका छन् ।

जिल्लाका अधिकांश ठाउँमा पानी परेको छ । टेन्ट नटाँगिएका मतदान केन्द्रमा पानी परेपछि मतदानको व्यवस्था मिलाउन ढिलाई हुँदा मतदान प्रक्रियामा केही ढिलाई समेत भएको छ ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । वृद्धवृद्धा, अपांग र अशक्तहरु समेत मतदान केन्द्रमा पुगेका छन् । मतदान केन्द्रमा उनीहरुलाई सजिलो र छरितो ढंगले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

सुरक्षा व्यवस्था समेत चुस्त दुरुस्त रुपमा मिलाइएको प्रहरी निरीक्षक डम्बर पुरीले बताए । २ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा ६० हजार ७ सय २१ जना मतदाता रहेका छन् । २ सय २६ पदका लागि तेह्रथुममा ७ सय ७२ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...