धादिङको मलेखुमा पहिरो जाँदा गाउँ विस्थापित

Pahiro

धादिङ । २ दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले बताए ।

वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको हो ।

साबिकको लापा गाविस– २ मा, चपाङचेतका केही ठाउँमा पहिरो गएको छ भने वषार्को पानीले घरको जग नै चिरा चिरा पारिदिएको छ ।

आफ्नो र परिवारको ज्यान बचाउनका लागि अहिले गाउँमाथिको जङ्गलमा गएर बस्न बाध्य भएको प्रभावितहरुले बताएका छन् ।

कहिले भूकम्प त कहिले पहिराको डरमा कतिन्जेल बस्ने भन्दै अहिले प्रभावितले बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...