५० लाख नेपालीका हातमा एमआरपी

१ हजार ३ सय ८ नेपालीको यात्रा अनुमति लिएका

Mrp

काठमाडौँ, । झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी एमआरपी लिएका छन् । १हजार ३ सय ८ यात्रा अनुमति लिएका छन् ।

बितेका साढे छ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।

राहदानी विभागका अनुसार जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, ३ हजार ४ सय ९७ कूटनीतिक र १३ हजार ४ सय २३ अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने

विभागले राहदानीबाट १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३ सय राजस्व सङ्कलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...