कांग्रेस उम्मेदवारमाथि पैसा बाँडेको आरोप

Udypur

उदयपुर । असार १४ गते हुने निर्वाचनको लागि उदयपुरमा दलका कार्यकर्ताले एक अर्कालाई आर्थिक चलखेलको आरोप लगाउने गरेका छन् । मौन अवधि सुरु भएपछि एकले अर्काको पिछा गर्दै दलका कार्यकर्ता, चोक, चिया पसल र गल्लीमा बसिरहेका छन्।

गएको सोमबार राति उदयपुरको बेलका नगरपालिकामा सुटकेसमा पैसा लिएर बाँडदै गरेको भन्दै नेपाली काङग्रेसका प्रमुख पदका उम्मेदवार अशोक कार्कीलाई स्थानीयले प्रहरीको जिम्मा लगाए। ‘मौन अवधि जारी रहेको बेला उम्मेदवार कार्की राति सुटकेसमा पैसा सहित बेलका २ को वनडाँडाकझ सुकुम्बासी बस्तीमा फेला परे,’ स्थानीय नवराज गुरागाईंले भने, ‘इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर सुवास राईलाई खबर गरी जिम्मा लगाएका थियौं, पछि छाडियो।

स्थानीयले उम्मेदवार कार्कीले गाउँमा भोज खान रकम दिएको र प्रहरीलाई पनि रकम दिएर पैसा बाँडेको घटना लुकाएको आरोप लगाएका छन्। स्थानीयले काङ्ग्रेसका उम्मेदवार कार्कीलाई घेरेपछि राती निकै बेरसम्म तपेश्वरमा तनाव भएको थियो।

तनाव सुरु हुँदै गर्दा रामपुर इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले कार्कीलाई उनकै डेरामा पुर्‍याएर फर्किएको थियो। उम्मेदवार कार्कीले भने आफू घर पुगेर फर्किदै गर्दा एमाले कार्यकर्ताले घेराबन्दी गरेपछि प्रहरी आएर छुटाएको बताए।

उनले भने, ‘मेरो घर बेलका नगरपालिका १ आम्बासी हो, घर पुगेर फर्कदै थिए, मेरो गाडी हिलोमा फस्यो, त्यही एमालेका कार्यकर्ता आएर पैसा बाँडेको आरोप लगाए।’ रामपुरबाट फर्किएको इन्सपेक्टर राईसहितको प्रहरी टोलीले सुरक्षा दिएर डेरासम्म पुर्‍याएको उम्मेदवार कार्कीले बताए।

‘मैले प्रहरीलाई ५० हजार पनि दिएको छैन, सुकुम्बासी बस्तीमा पनि भोज खान पैसा दिएको छैन,’ उम्मेदवार कार्कीले भने, ‘काङग्रेसले चुनाव जित्ने भएपछि एमाले र माओवादी तर्सेर मलाई आरोप लगाएका हुन्।’ प्रहरी समयमै नआएको भएर काङग्रेस र एमालेको झडप हुने भन्दै उम्मेदवार कार्कीले आफूले त्यसलाई रोकेको बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...