५ करोडको लागतमा सिँचाइ पूर्वाधार निर्माण सुरु

Cchai nirman

सप्तरी, । जिल्ला सिँचाइ कार्यालयले ४ करोड ४१ लाखको लागतमा स्थानीय बनौली र अर्नाहा गाविसमा सिँचाइ पुर¥याउन हेडबक्स र अन्य सिँचाइ पूर्वाधार निर्माण सुरु गरेको छ ।

आकाशे पानीको भरमा खेती गर्दै आएका बनौली, अर्नाहा र सतबेदाहा नहरशाखाअन्तर्गत पाँची खोलाबाट सिँचाइ गर्न हेडबक्स निर्माणका लागि त्यस क्षेत्रमा पक्की सुलुसगेट, बाँध, हेड रेगुलेटर निर्माण कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।

तीन वर्षीय योजनाअन्तर्गत सो कार्यालयबाट भइरहेको हेडबक्स निर्माणले सो शाखाअन्तर्गत करिब ९ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु भएको निमार्ण कार्य ६० प्रतिशत पूरा भइसकेको कार्यालय प्रमुख अशोक साहले जानकारी दिए ।

ठेक्का सम्झौताअनुसार असोज मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य रहे पनि वर्षायामका कारण केही थप समय लाग्नेसमेत उनले उल्लेख गरे ।

सो क्षेत्रमा यसअघि माटोको कच्ची बाँध बनाएर खेती गर्दै आएका थिए । साथै बाँध नहुँदा वर्षायाममा कच्ची बाँध भत्ँिकदा बाढीले खेती चौपट हुने गरेको स्थानीयवासी बुधनी देवी सरदारले बताए । हेडबक्स निर्माणपछि किसानको खेतसम्म पानी पु¥याउन पक्की कुलो, पैनी र कल्भर्ट तथा ड्रम्प निर्माण गनुपर्ने आवश्यकता रहेको सो कार्यालयले जनाएको छ । सो निर्माण कार्यबाट स्थानीयवासी उत्साहित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...