जिप दुर्घटनामा १ मृत्यु ९ जना घाइते

Jip durghatna

हेटौँडा, । काठमाडौँबाट सर्लाहीको बयरबासतर्फ आइरहेको जिप दुर्घटनामा परि एकको मृत्यु भएको छ । जिपमा रहेका नौ यात्रु गम्भीर घाइते भएका छन् ।

ना१ज ३७०१ नंको सुमो जिप हेटौँडा कुलेखानी सडकखण्डको कुलेखानीको सडकबाट करिब ४५ मिटर तल खसी दुर्घटना भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–८ गुर्जुधारा बस्ने ४२ वर्षीया माइली सापकोटा रहेको सिस्नेरी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवेन्द्र रानाले बताए । उपचारका लागि कुलेखानीबाट काठमाडौँको सुमेरु अस्पतालमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...