महाभारत क्षेत्रबाट रोपाइँ सुरु

Ropai

सिन्धुली, । महाभारत क्षेत्रमा असारलागेसँगै धान रोपाइँ सुरु भएको छ । रोपाइँ ढिला हँुदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् ।

भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका दर्जनाँै स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन् । महाभारतका केही क्षेत्रमा जेठको अन्तिम साताबाटै धान रोपाइँ सुरु हुने गर्दछ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष जिल्लामा केही छिटो रोपाइँ भएको छ । कृषक असारको पहिलो साता नै बर्षेबाली अर्थात धान रोपाइँमा व्यस्त हुन थालेका छन् ।

यस भेगका कृषकले सिँचाइको लागि पोखरी बनाई पानी सङ्कलन गरेर रोेपाइँ गर्दै आएका छन् । पानी जम्मा गर्ने र पालैपालो आवश्यकता अनुसार प्रयोग गर्ने गरेको जलकन्याका रमेश बुढाथोकिले बताए ।

मङ्सिरमा धान काटेर बाँझै रहेको खेत तथा गहुँ, लसुन, प्याज लगायतका बाली खेतबाट निकालीसकेको स्थानमा रोपाइँका लागि कृषकहरु अहिले खेतमा आली लगाउने, रोपाइँको तयारी गर्ने तथा छिमेकको रोपाइँमा अर्मपर्ममा नै व्यस्त हुन थालेकाछन् ।

जिल्लामा १४ हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष यहाँ ५० हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...