डिभिजन सडक कार्यालयमा तालाबन्दी

Tala bnndi

दोलखा, । मजदुरले निर्माण व्यवसायीलाई घेराबन्दी गरेपछि निर्माण व्यवसायीले सदरमुकाम चरिकोटमा रहेको डिभिजन सडक कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्माण व्यवसायीले काम सम्पन्न गरे पनि डिभिजन सडक कार्यालयले रकम नदिएपछि निर्माणमा संलग्न मजदुरले आफ्नो पारिश्रमिक पाउन सकेका छैनन् । मजदुरले निर्माण व्यवसायीलाई दबाब दिएपछि निर्माण व्यवसायीले सडक कार्यालयमा तालाबन्दी गरेका हुन् ।

काम सम्पन्न गरेको महिनौँ बितिसक्दासमेत डिभिजन सडक कार्यालयले रकम नदिएपछि मजदुरबाट आफूहरु घेराबन्दी परेका निर्माण व्यवसायी सङ्घ दोलखाका सचिव राजेश थापाले बताए ।

उनले सडक कार्यालयका प्रमुख इन्जिनियर अशोक तिवारीले कुनै वास्ता नगर्दा समस्या उत्पन्न भएको बताए । डिभिजन सडक कार्यालयका प्रमुख तिवारी विभागबाट रकम नआएका कारण समस्या आएको बताए ।

विभागले अर्थमन्त्रालयले रकम निकासा नगरेकाले रकम पठाउन असमर्थ रहेको जनाउँदै आएको तिवारीको भनाइ छ । जिल्लामा ६० करोड बराबरको निर्मण कार्य सम्पन्न भए पनि निर्माण व्यवसायीले भुक्तानी पाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...