प्रधानमन्त्रीसँग नर्वेली राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले शिष्टाचार भेट गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटरसेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराए । आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गरे ।

यसैगरी प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...