लण्डनमा मुस्लिम समुदायको हताहत

Bbc

लण्डन, । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।

रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ जना घाइते भएको जानकारीमा आएको बीबीसीले लेखेको छ ।

लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता छ भनेर खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार रमजानको प्रार्थनाका लागि आवत(जावत गर्नेहरुको कारण बाटोमा निकै भिडभाड थियो ।लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ ।

चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...