राप्रपाबाट उम्मेदवार बन्न लागेका टीकारामको मृत्यु
दाङ । दाङ लमही नगरपालिका वडा नंं. ४ मा राप्रपा पार्टीबाट असार १४ गते हुने स्थानीय तह निर्वाचनमा वडा सदस्यका उम्मेदवार बनेका टीकाराम चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।
प्रचार प्रसार सकेर घर आएका ६४ वर्षीय चौधरीको अचानक मृत्यु भएको राप्रपा क्षेत्र नं.१ ले जनाएको छ । लमहीको ठुलो घुम्नामा अन्तिम श्रद्धाञ्जली पछि परम्परागत रुपमा दाहसंस्कार गरिएको राप्रपाका जिल्ला सदस्य शेषमणि घिमिरे विष्णुले जानकारी दिए।
प्रतिकृया दिनुहोस