राजपा संघिय गठबन्धन सुरु ः आफ्नो माग पुरा नभए निर्वाचनमा नजाने
काठमाडौँ, । राष्ट्रिय जनता पार्टी राजपा नेतृत्वको सङ्घीय गठबन्धनले आफ्ना माग पूरा नभएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने घोषणा गरेको छ ।
गठबन्धनको आइतबार बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस्रो चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।
यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ ।
सरकारले सो गठबन्धनलाई निर्वाचनमा सामेल गराउन मिति सार्नाका साथै निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो ।
प्रतिकृया दिनुहोस