राष्ट्रपतिको स्विजरल्यान्ड भ्रमणको तयारी
२० निजामती कर्मचारीलाई २६ करोड ५३ लाख बराबरको अनुदान
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारी जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ ।
भएकाले भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।
राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विजरल्यान्ड जान लागेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस