बन्चरो प्रहार गरी एक व्यक्तिको हत्या

Bancharo

पाँचथर,। पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा शुक्तबार बिहान एक व्यक्तिको हत्या भएको छ ।

मारिनेमा फिदिम–१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ रहेका छन् ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रका, पाँचथरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलका अनुसार उनीहरुबीच नाता सम्बन्ध पर्ने र जग्गा विवादको विषयलाई लिएर हत्या गरिएको हुनसक्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...