प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

गोपाल पराजुली

काठमाडौँ, । सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन बिहीबार खारेज गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो ।

बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाने पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

राष्ट्रपतिको कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, न्यायाधीश पराजुली, संवैधानिक परिषद् र न्यायपरिषद्लाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले  जेठ १७ गते रिट निवेदन दायर गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...