माघ ७ भित्रै निर्वाचन गर्ने नवगठित मन्त्रीपरिषदको निर्णय

पहिलो बैठकले ग¥यो ८ बुँदे प्रतिवद्धता

Pm office

काठमाडौं । नवगठित मन्त्रीपरिषद्को बैठकले स्थानीय प्रदेश, प्रदेश र संघको माघ ७ भित्रै निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।

विभिन्न आरोह अवरोहका बीच बनेको यो सरकारले निर्धारित मितिमा बाँकी रहेका निर्वाचन गर्न सक्दैन भन्ने आँकन गरिएको थियो । तर, मन्त्री परिषद् गठन भएपछिको पहिलो बैठकले ७ माघभित्रै सबै तहको निर्वाचन गरिसक्ने प्रतिवद्धता जनाएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले संविधान कार्यान्वयन, संक्रमणकालिन व्यवस्थापन, सेवा प्रवाहलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

त्यसैगरी आर्थिक समृद्धिलाई महत्व दिने, शान्ति सुरक्षाको प्रत्याभूति गराउने निर्णय पनि गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउने र दैनिक जीवनसँग सम्बन्धित कुराहरुलाई सहज बनाउने विषयलाई पनि प्राथमिकतामा राख्ने निर्णय गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...