गणतन्त्र दिवसले दियो कारागार मुक्ति

Jail

बनेपा, । काभ्रेपलाञ्चोक जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो ।

कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्चोकका दिनेश श्रेष्ठ, सस्यूखर्कका फौदबहादुर थपलिया, महाँकालचौरका बाबु भन्ने भीमबहादुर तामाङ, कोशीदेखाका मनोज तामाङ, गोरखाका मानबहादुर महत, बनेपा, जनागालका राधेश्याम श्रेष्ठ, सर्लाहीका रुपबहादुर विश्वकर्मा, सिन्धुपाल्चोकका वासुदेव भण्डारी, काभ्रेपलाञ्चोकका शिव तामाङ, धुलिखेलका शैलेन्द्र पराजुली, काभेपलाञ्चोककै सुवास तामाङ रहेका छन् । कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए ।

मुक्त बन्दी विसं २०६५ देखि जेल जीवन बिताइरहेका थिए । जेलमुक्त भएकामा अधिकांश बहुविवाह मुद्दाका छन् । बहुविवाहका छ, कर्तव्य ज्यान मुद्दाका चार, डाँका मुद्दाका दुई र सवारी ज्यान मुद्दाका दुई जना छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...