तनावग्रस्त ताप्लेजुङ, सदरमुकाम फुङलिङमा साँझ झडप हुँदा १० जना घाइते

ताप्लेजुङ । ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको छ ।
नो केबलकार पक्षले आज साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धरानका एके दर्नाल र लेलेप बस्ने केसिङकुमार लिम्बू छन् । प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेका थिए । सो प्रदर्शनमा मधेश प्रदेशबाट आएकाहरुसमेत सहभागी छन् ।
काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए । उनीहरुले केबलकार कुनै हालतमा बन्न नदिने दोहोर्याएका छन् ।
प्रतिकृया दिनुहोस