भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे, भक्तपुरका नेवार समुदायले शनिबार नै भाइटीका मनाउने

Vaitika

काठमाडौं । यो वर्ष भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष दिदी बहिनीको हातबाट टीका ग्रहण गर्दा पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । उत्तम साइत तोकिए पनि समय मिलाएर टीका लगाउने गरिन्छ । टाढाटाढाबाट चेलीको हातबाट टीका लगाउनुपर्ने भएमा आयतबार जुनसुकै समयमा पनि टीका लगाउन सकिन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । शुक्रबार भने औपचारिक रुपमा तिहार छैन । तैपनि अधिकांसले शुक्रबार गाई पुजेर तिहार मानेका छन् । शनिबार गाईरगोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइनेछ  ।

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र शनिबार नै भाइटीका मनाउने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाका नेवार समुदायले भने आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका हुन् ।

भक्तपुर नगरपालिकाले आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउन नगरवासीलाई भनेको छ । त्यसलै भक्तपुर नगरपालिकाका नेवार समुदायले सोही अनुसार म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने लागेका हुन् ।

प्रतिकृया दिनुहोस