दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो ।

जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको हो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् ।

भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति मागिएकोमा अदालतले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

र यो पनि ...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्ने घोषणा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...