मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ, एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्ने घोषणा

Durga prasai pakrau

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको दुई युट्युबर बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने पक्राउ परेका छैनन् ।

एसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्युरोमा पुगेकी थिइन् । अहिले पक्राउ परेका प्रसाईंमाथि ब्युरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्युरोको तयारी छ ।

भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षण गराइएको छ । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।

प्रसाई पक्राउ परेसँगै अब २५ दिनसम्म हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ ।

यो प्रक्रिया पूरा भएपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि उनी कारागार चलान हुन सक्छन् । दोषी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद हुन सक्नेछ ।

यता, प्रसाईंले आफ्नो शरिरमा एक थोपा रगत बाँकी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लडिरहने बताएका छन् । प्रसाईंले आफू तस्करहरूविरुद्ध लड्दा पक्राउ पर्नपरेको पनि बताए । ‘तस्करहरूको विरुद्धमा लड्दा आज यो मैले भोगेको छु । एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

दुर्गा प्रसाईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

Durga prasai pakrau

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर...