श्रीलङ्कामा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

Srilanka anura kumara

काठमाडौं । श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् ।

सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ५३ प्रतिशत मत बढाएर पुर्‍याएका छन् । स्थानको आधारमा तेस्रो भएका उनको मत प्रतिशत पनि ज्यादै कम आएको थियो । उनले ३.१६ प्रतिशतमात्रै मत पाउन सफल भएका थिए । १ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन् । अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ ।

एनपीपीमा जोडिएको अनुरा कुमाराको दलको नाम जनमुक्ति मोर्चा (जेभीपी) हो । यो मोर्चामा अहिले महिला जेभीपी सशस्त्र युद्ध गरेको दल हो । तर, त्यो युद्धमा सर्वनाक पराजय भोगेर शान्तिपूर्ण राजनीतिमा आएको दल हो । जेभीपीले सन् १९७१ र सन् १९८७ मा शशस्त्र युद्ध गरेको थियो ।
युद्धमा ८० हजारको ज्यान गएको थियो र त्यसपछि दलले शान्तिपूर्ण राजनीतिक रोजेको फ्रान्स २४ ले उल्लेख गरेको छ । जेपीपीले सशस्त्र युद्ध गर्दा अनुरा कुमारा विश्वविद्यालयमा थिए । उनले सशस्त्र संघर्षमा भाग नलिएको बताउँछिन् श्रीलंकाकी पत्रकार नभोदया जयविक्रमा । उनी त्यो समयमा विद्यार्थी आन्दोलनमा भएको उनी बताउँछिन् ।

अनुरा कुमारा दिसानायके सन २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थिए । उनले सन १९८७ सालबाट राजनीतिमा आएर सन १९९१ मा जेभीपी दलमा जोडिएका थिए ।

सन २००० बाट श्रीलंकाली सदनमा आएका उनी सन् २००४ मै कृषि, पशुपन्छी, भू तथा सिँचाइमन्त्री भएका थिए । उनलाई मन्त्री बनाउनमा तत्कालीन राष्ट्रपति कुमारातुङ्गाको गठबन्धनको योगदान भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...