बहुप्रतीक्षित आईफोन १६ सार्वजनिक, जसले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिन्छ

आईफोन १६ मा अनावश्यक ध्वनि काटेर अडिओ रेकर्डिङको सुविधा, मेनु हेर्न क्यामरा सोझ्याए पुग्ने

Apple i16

काठमाडौँ । ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो ।

आइफोन निर्माता कम्पनि एप्पलले सोमबार राति आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिने दाबी गरे । नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ।

यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन- १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । 

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ । आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ । इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन् । एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ । यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

अब सिरिले प्रयोगकर्ताको लिखित मेसेजबाट पनि प्रतिक्रिया दिन्छ अर्थात् आफ्ना साथीले सुझाएका गीत सुन्न र टिभी शोहरु सिरिले सम्झाउने सुविधा दिएको छ । जस्तो कि प्रयोगकर्ताले केही दिनअघिको कुनै पार्टी वा वनभोज कार्यक्रमको फोटो कसैलाई पठाऊ भन्दा सिरिले त्यो सबै खोजेर पठाउन सक्छ ।

नयाँ आईफोन १६ ले प्रयोगकर्तालाई केही वस्तुको जानकारी लिन सहजता थपेको छ । अर्थात् ती वस्तुमाथि क्यामेरा सोझ्याउँदा तिनबारे जानकारी मिल्छ । यसमा क्यामेरा नियन्त्रण गर्ने फिचर छ । फोनको किनारामा यसका लागि बटन छ । यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिने सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फडरिगी बताउँछन् । अर्थात् कुनै रेस्टुराँतिर क्यामेरा सोझ्याउँदा त्यसबारेका रिभ्युहरु, मेनु र कसरी रिजर्भ गर्ने सबै कुराको जानकारी मिल्छ ।

सुरुवाती मूल्य ७९९ अमेरिकी डलर
नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ । त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।

अझ ठूलो छ आईफोन १६ प्रो, हालसम्मकै उच्च गति
एप्पलले पछिल्लो भर्सनको उच्चतम आईफोन प्रो ल्याएको छ । यो एप्पल इन्टेलिजेन्सका लागि नै डिजाइन गरिएको छ । गत वर्षको मोडलहरुभन्दा ०.२ इन्च ठूलो आकारमा आईफोन १६ प्रो लाइन आएको छ । इन्ट्रि लेभलको प्रो ६.३ इन्च र प्रो म्याक्स ६.९ इन्चको छ। ठूलो डिस्प्ले, पातलो बोर्डर, लामो समय टिक्ने ब्याट्रीका साथ नयाँ फोन अनावरण भएको छ । यसमा एप्पलकै ए१८ चिप एप्पलको नयाँ एआई टुल्सलाई सहयोग गर्ने गरी डिजाइन गरिएको छ ।

नयाँ फोनबाट प्रयोगकर्ताले एक सेकेन्डमा १२० फ्रेम फोरके रिजोलुसनमा शुट गर्न सक्छन् । एउटा क्लिप रेकर्ड गरिसकेपछि भिडिओलाई स्लोमोसनमा रुपान्तरण समेत गर्न सकिन्छ । छुट्टै सेटिङ मिलाइरहनुपर्दैन । यसमा अनावश्यक ध्वनि काटेर अडिओ रेकर्डिङको सुविधा छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...