नेप्से १२ अंकले घट्यो, ९ अर्बको कारोबार

Share market

काठमाडौँ । नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।

विहिबार ३१६ वटा कम्पनीको कारोबार हुदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्सको सबैभन्दा बढी ८.९१ प्रतिशत शेयर मुल्य घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कारोबार नेपाल फाइनान्सको भएको छ । आज नेपाल फाइनान्सको ४० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको ६ लाख ७६ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...