प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसैक्रममा प्याजेन्ट नेपालले यो बर्षको तीज महोत्सव आयोजना गरेको छ ।

द मल्ल होटलमा आयोजना गरिएको सो तीज महोत्सवमा अपांगता भएका डेढ दर्जन बढि महिला उद्यमीद्धारा उत्पादिन खाद्यान्न, कपडा, घरेलु उत्पादनबाट उत्पादित वस्तुहरुको प्रदर्शनी स्टल राखिएको थियो ।

प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले उदघाटन गरेको सो महोत्सवमा लायन्स क्लब अफ ड्रिम्ससँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो भने ओम समाज डेन्टल, ओम चावहिल डेन्टल, नेपाल भारत मैत्री अस्पताल तथा एएसजी आई केयरसँगको सहकार्यमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

प्याजेन्ट नेपालले प्रत्येक वर्ष तीज महोत्सव गर्दै आएको छ । साथै देश विदेशमा विभिन्न अवार्ड समारोह, फेशन शो, सांस्कृतिक कार्यक्रम, पर्यटन प्रर्वद्धनका लागि गरिने विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको प्याजेन्ट नेपालले सो कार्यक्रममा ‘मिस एण्ड मिसेस तीज’ को समेत आयोजना गरेको थियो ।

करिब ४० जना भन्दा बढी अविवाहित महिला तथा विवाहित महिलाहरुले सो प्रतियाोगितामा भाग लिएका थिए । विभिन्न उमेर समूहमा रहेको सहभागीहरु मध्येबाट विभिन्न शिर्षकमा उपाधी जितेका थिए ।

प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा. सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा. अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे, गायीका सरस्वती खत्री ‘सुरसुधा’, हबिव्सका प्रमुख सेजल जलान, मुम्बईबाट आएकी चर्चित अन्तराष्ट्रिय मोडल ऐश्वर्य उपाध्याय तथा भारतीय वरिष्ठ संचारकर्मी एवं ईभेन्ट डाईरेक्टर सविता भारती राणाले विजेताहरुलाई उपाधीको प्रमाण पत्र तथा ताज पहिराईदिएका थिए ।

महोत्सवको आयोजक समितिमा प्याजेन्ट नेपालकी सिईओ ममोथा बस्नेत, वरिष्ठ समाजसेवी एवं महिला उद्यमी शोभा गुरुङ्ग, मोटिभेसनल स्पिकर पूर्ण लामा संस्थाका कानूनी सल्लाहकार दुर्गाप्रसाद पाण्डे, दिक्षा पुडासैनी, मुकेश बस्नेत लगायतको उपस्थिती थियो ।

कार्यक्रममा चर्चित कलाकारहरु आनन्द कार्की, गायक सपन श्रेष्ठ, गायीकाहरु मन्जु थापा, सरस्वती खत्री सुरसुधा, पूजन काफ्ले, सुजाता केसी, नृत्यङ्गना रोमा न्यौपाने, वर्षा कार्की तथा होचा पुड्का कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...