१६औं संस्करणको ‘नाडा अटो शो’ सुरु, २० अर्ब बढीको कारोबार हुने अनुमान

Nada auto show

काठमाडौं । करोडौं मूल्यका सवारीसाधनदेखि चटपटेसम्मका स्टल राखिएको १६औं संस्करणको ‘नाडा अटो शो’ मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) महासंघले दुई दशकभन्दा बढी समयदेखि आयोजना गर्ने अटो शोको यो संस्करण १६ भदौसम्म काठमाडौं भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको हो ।

नाडा अटो सोमा १९.९६ लाखदेखि १ करोड ६८ लाख रुपैयाँसम्मका गाडी सार्वजनिक भएका छन् । भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा एक दर्जन नयाँ ब्रान्डसहित थुप्रै नयाँ मोडल प्रदर्शनीमा राखिएको हो । अटो सोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीकै दबदबा छ । विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको आकर्षण बढी छ ।

यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रेका २४ ब्रान्ड, दुई पाङ्ग्रेका १९ ब्रान्ड र हलुका व्यावसायिक सवारीका १२ ब्रान्ड राखिएका छन् । लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टका ३३ कम्पनीका स्टल राखिएका छन् । सात वित्तीय संस्थाका स्टल छन् । यसरी ९५ प्रदर्शकका १ सय ३० स्टल अटो शोमा राखिएको आयोजकले जनाएको छ । ६ दिन अवधिमा ७५ हजारभन्दा धेरैले अटो शो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अटो सोमा पेट्रोल गाडीमा सीजी मोटोकर्पले सिफ्टको नयाँ मोडल र हुन्डाईले क्रेटाको नयाँ मोडल सोकेसमा राखेका छन् । अटो व्यवसायीहरुले दसैँको रुपमा लिने अटो सोमा २० अर्ब बढीको कारोबार हुने अनुमान छ । अर्थतन्त्रमा आएको संकुचन कस्तो छ भन्ने नाडा अटो सोको बुकिङले इंगित गर्ने व्यवसायीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...