टुँडिखेलमा ओली र देउवाले दमाह बजाउँदा नारावादी, जंगिए देउवा

देउवाले भने यही हो सिकेर आएको ?, ओलीले भने, यो नेपालीपन होइन

Oli deuwa gaura parba

काठमाडौं । सुदूरपश्चिममा महत्वपूर्ण मानिएको प्रत्येका वर्ष काठमाडौंको टुडिखेलमा पनि मनाउने गरिएको छ । तर यो वर्ष गौरा पर्व मनाउन टुँडीखेल पुगेका नेताहरूविरुद्ध नाराबाजी भएको छ । सोमबार टुँडीखेलमा नेताहरूले मन्तव्य दिने क्रममा युवाहरूको समूहले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य सुरु गरेलगत्तै उनीहरूले नाराबाजी गरेका थिए । क्रमशः पर्यटनमन्त्री बद्री पाण्डे, वनमन्त्री ऐनबहादुर शाही, एमाले नेता भीम रावलले मन्तव्य राखिरहेका बेला उनीहरूले चर्को नाराबाजी गरिरहेका थिए । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

गौरा पर्व मनाउँदै गर्दा कार्यक्रम नै बिथोल्न खोजेको भन्दै सभापति देउवा आक्रोशित बनेका थिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ सभापति देउवाले भने । उनले नाराबाजीकै बीचमा शुभकामना मन्तव्य दिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा प्रमुख चाडका रुपमा मनाइन्छ, गौरा पर्व । आजको दिन महिलाहरू ब्रत बसेर गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै गौराघरदेखि मन्दिरसम्म पुग्ने चलन छ । यही पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा पनि एक कार्यक्रम आयोजना भएको छ। कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पनि पुगेका थिए ।

कार्यक्रमको उद्घाटन पनि ओली र देउवा दुवैले मिलेर गरे । दुवैले टुँडिखेलस्थित मञ्चमा राखिएको दमाह पनि सँगै बजाए । टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा सहभागी हुन ठूलो भिड जम्मा भएको थियो । भिडबाट नेताहरूको विरोध गर्दै केही युवाहरूले चर्को नारा लगाइरहे । नारा चलिरहेकै बीचमा पोडियममा सम्बोधन गर्न पुगेका थिए देउवा। देउवा पोडियममा पुग्नासाथ भिड उत्तेजित बन्यो । उत्तेजित भिडले नेताहरूको विरोधमा ‘मुर्दावाद’ को नारा लगाउन थालेको थियो ।

भिड झनै आक्रमक बन्न थाल्यो । त्यसपछि कार्यक्रम बिथोल्न आएकाहरू भन्दै देउवा रिसाए । यति भनेपछि देउवा सम्बोधनतिर लागे । ‘आदरणीय दाजुभाई, दिदीबहिनीहरू, यस्तै छ। यहाँ गौरा पर्व सुन्न आएकाहरू छन् । गौरा खेल्न आएका छन् । गौरा पर्वको कुरा सुनुन्,’ देउवाले अघि भने, ‘यीनीहरू सुन्दैनन्, न गौरा खेल्न दिन्छन् । यस्तो अर्काको कार्यक्रम बिथोलेर बसेका छन् । यहाँ को को त्यस्ता छन्, तीनलाई ठिक पार्नुपर्छ ।’

सो कार्यक्रममा ओली पनि निक्कै आक्रोसित बनेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए । उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए ।

उनले भने, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...