थाइल्यान्डमा विमान दुर्घटना : ९ जनाको मृत्यु (तस्बिरहरू)

Plane crash thailand

हङकङ । थाइल्यान्डको आन्तरिक उडानमा रहेको यात्रुवाहक विमान बिहीबार दिउँसो दुर्घटनामा परेको छ । राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो ।

थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २स्४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो ।

विमान चाचोएङ्सो प्रान्तमा दुर्घटनामा परेको हो । जसमा सवार सबै ९९ जना० यात्रुको निधन भएको छ । थाई सरकारका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार ९ मध्ये ५ जना हङकङबाट गएका चिनियाँ पर्यटक हुन् ।

थाई मिडियाका अनुसार चिनियाँ राहदानी बाहक उनीहरूमध्ये सांघाईमा जन्मेका १२ र १३ वर्षका दुई बालबालिका र सांघाई तथा झेजियाङ प्रान्तमा जन्मेका ४२ देखि ४५ वर्षका तीन वयस्क छन् ।

विमानमा सवार बाँकी ४ जना थाई नागरिक हुन् । उनीहरू चालक दलका सदस्य हुन् । जसमध्ये दुई महिला क्रु मेम्बर, पाइलाट र को–पाइलट छन् । दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । विमानस्थलबाट अनुमानित ३५ किलोमिटर (२२ माइल) दक्षिणपूर्वमा हुँदा विमानसँग सम्पर्क टुटेको थियो । विमानले बैंककबाट करिब २७५ किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय प्रान्त त्राटका लागि उडान भरेको थियो ।

उद्धारकर्ताको करिब एक घण्टाको खोजीपछि दुर्घटनाग्रस्त विमान विमानस्थलबाट ४० किलोमिटर पर चाचोएङ्सो प्रान्तको मङ्ग्रोभ दलदलमा फेला परेको थियो । प्रान्तीय सरकारका प्रवक्तालाई उद्धृत गर्दै थाई मिडियाले जनाएअनुसार अप्ठेरो ठाउँमा दुर्घटनामा परेको विमानका यात्रुहरूको शव क्षतविक्षत अवस्थामा थिए भने जंगलको बीचमा विमानका टुक्राहरू यत्रतत्र छरिएका थिए ।

हङकङको अध्यागमन विभागका प्रवक्ताले बेइजिङको विदेश मामिला कार्यालय र थाइल्यान्डमा रहेको चिनियाँ दूतावासमार्फत स्थिति बुझ्ने प्रयास भइरहेको शुक्रबार बिहान बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

दुर्घटनास्थलका केही तस्बिर : 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...