देशभर मनाँइदैछ गाईजात्रा, यौनिक अल्पसङ्ख्यकको गाईजात्रा परेड प्रदर्शन (फोटो फिचर)
काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ गाइजात्रा पर्व मनाइएको छ । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो ।
नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।
वि.सं( १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको बिफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा सुरु गरिएको थियो । त्यस बेला बिफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमान ढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भएको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरूपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रूप धारण गरेको भनिन्छ ।
यता, काठमाडा्रैंमा यौनिक अल्पसङ्ख्यक समूहले गाईजात्राको अवसरमा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । मङ्गलबार यौनिक अल्पसङ्ख्यक समूहका सदस्यहरूले राजधानीमा गाईजात्रा परेड प्रदर्शन गरेका हुन् ।
यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो समूहका दिवङ्गतको सम्झनामा गाईजात्रा परेड प्रदर्शन गरेका छन् । उनीहरूले बर्सेनि गाईजात्राको अवसरमा गाईजात्रा परेड गर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस