बंगलादेशको संसद् विघटन, सैनिक नेतृत्वको सरकार मान्य नहुने विद्यार्थीहरूको अडान

Bangaladesh samsad

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन् ।

राष्ट्रपति शाहबुद्दीनले तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरुद्धको विद्यार्थी आन्दोलनका अगुवाहरुसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ ।

विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन् । उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन् । उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नयाँ क्याबिनेटको प्रमुख सल्लाहकार हुनुपर्ने बताएका छन् । पेरिसमा रहेका युनुस बंगलादेश फर्किने तयारीमा छन् ।

आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेपछि मुलुकलाई नयाँ दिशा दिनका लागि संसद् विघटन गरिएको हो । हसिना देश छोडेर भागेकी छन् । उनी अहिले भारतमा छिन् ।

र यो पनि...

बंगलादेशमा तनाबै तनाव : अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द, भारतको त्रिपुरा पुगिन् बंगलादेशी प्रधानमन्त्री

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...