सुनको मुल्य बढेको बड्यै, तोलाकै डेढ लाख पुग्यो

Gold news

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सयले वृद्धि भएको हो ।

तेजाबी सुनको मूल्य प्रतितोला तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु। एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ५ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...