बंगलादेशमा आन्दोलन चर्किदै, पूरै बंगलादेशमा कर्फ्यूको घोषणा

कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने

Bangaladesh aandolan

ढाका । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।

प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

बंगलादेशमा आइतबार भएको हिंसात्मक झडपहरुमा कम्तीमा ५९ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । विद्यार्थी नेताहरुले नागरिक अवज्ञा आन्दोलन घोषणा गरेका छन् । प्रदर्शनकारीले जनतालाई कर, शुल्क नतिर्न आह्वान पनि गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको लाठी, छुरा र बन्दुकसहित आइतबार सरकार समर्थक समर्थकहरूसँग झडप भइरहेको छ । आरक्षण प्रणाली खारेजीको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन अहिले सरकारविरोधी बन्न पुगेको छ ।

प्रदर्शनकारीहरूले एउटा बख्तरबन्द कारको छतमा नृत्य गरेका थिए । बारम्बार घातक कारबाहीका साथ अन्त्य हुने गरेका अघिल्ला महिनाको र्यालीहरूको विपरीत धेरै मामिलामा सैनिक र प्रहरीले प्रदर्शनकारीहरूमाथि हस्तक्षेप गरेनन् ।

प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको घोषणा गरेका छन् । देशव्यापी नागरिक अवज्ञा अभियानका आइतबारदेखि शुरू गर्ने उनीहरूले जनाएका छन् ।

गत महिनालाई प्रधानमन्त्री हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा हिंसा भएको महिनाका रूपमा हेरिएको छ । निजामती सेवामा आरक्षणको विरोधमा गरिएको आन्दोलनका क्रममा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।

एएफपीद्वारा प्रमाणित सामाजिक सञ्जालमा देखाइएका भिडियो अनुसार ढाकामा खचाखच भीडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बङ्गलादेशी झन्डा लहराएका थिए र त्यसलाई सैनिकले हेरिरहेका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीहरूले जुलाईमा हिंसात्मकरूप लिएको थियो । उक्त प्रदर्शनमा हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिमा दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भए पनि सरकारलाई कमजोर बनाउने उद्देश्यले गरिएको असयोग आन्दोलनअन्तर्गत यस महिना ठूलो सङ्ख्यामा भीड सडकमा फर्किएको छ ।

प्रहरी निरीक्षक अल हेलालले एएफपीलाई भने, ‘विद्यार्थी र सत्तारुढ दलका मानिसहरूबीच झडप भएको थियो । यसमा ढाकाको मुन्शीगञ्ज जिल्लामा दुई युवकको मृत्यु भएको छ । मृतकमध्ये एउटाको टाउकोमा चोट लागेको र अर्कोलाई बन्दुकको गोली लागेको थियो ।’

प्रहरी र चिकित्सकहरूले पनि ढाकाका अन्य ठाउँमा, उत्तरी जिल्ला बोगरा, पबना, रङ्गपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिशाल र फेनीमा पनि मृत्यु भएको रिपोर्ट गरेका छन् ।

यहाँका केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सामेल भएका छन् र पूर्वसेना प्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको आफ्नो फेसबुक प्रोफाइल रातो बनाए । करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको छ ।

जनआन्दोलनमा फिल्म स्टार, सङ्गीतकार र गायकहरूसहित बङ्गलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्याप गीतहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

गौशालाको धर्मशाला भत्काउन खोज्दा प्रहरीले लियो महानगरको २ वटा डोजर

Ktm metro dojar jjb

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनाधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको ...