शेयर बजारमा नयाँ रेकर्ड, २२ अर्बको कारोवार हुँदा बाँढियो लड्डु

Share market

काठमाडौं । सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको छ । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार अहिलेसम्मकै झण्डै २२ अर्बको कारोबार भएको हो । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो ।

रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लगानीकर्ताहरुले विभिन्न ब्रोकर हाउसहरुमा केक काटेर खुशी मनाएका छन् । बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेमा पनि खुशियाली मनाइएको छ । नेप्सेमा आज रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लड्डू बाँडिएको एक कर्मचारीले जानकारी दिए ।

नेप्सेमा रेकर्ड स्तरमा कारोबार वा नेप्से परिसूचक अलटाइम हाईमा पुग्दा लड्डू र मिठाई बाँडेर खुशी साटासाट गर्ने चलन छ । यसअघि नेप्सेले अलटाइम हाईको विन्दू चुम्दा समेत तत्कालीन सीइओ चन्द्रसिंह साउदले कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिएका थिए । नेप्सेका हालका सीईओ कृष्णबहादुर कार्कीले समेत बुधबार समेत कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिए । सो क्रममा नेप्सेका उच्च अधिकारीबीच बजार परिसूचकले चाँडै अलटाईम हाई ब्रेक गर्ने सम्भावनाको विषयमा समेत कुराकानी भएको थियो ।

एकैदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् । आत्मनिर्भर लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ६.५२ प्रतिशत घटेको छ ।

कुल १९१ कम्पनीको सेयर मूल्य बढ्यो भने ४४ कम्पनीको मूल्य घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । युनाइटेड अजोड इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाय सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखारी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरन्स, माउन्टेन इनर्जी नेपाल, शिवम् सिमेन्ट अघि रह्यो । हिमालयन रिइन्स्योरन्सको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भयो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...