नयाँ लगानीकर्ता बजार छिर्दा शेयर बजारमा उछाल, ११३ अंकले शेयर बढ्दा १५ अर्ब ८१ करोडको कारोबार

Share market

काठमाडौं । सरकारले मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारले नयाँ नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुईसाताअघि देखि नै सेयरबजार बुलिस ट्रेण्डमै चल्दै आइरहेको छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ ह्वारह्वारती बढिरहेको छ । वित्तीय अवस्था नाजुक भएका केही कम्पनीको सेयरभाउ ५/६ सय भन्दा माथि उक्लिएका छन् ।

नेप्से बढ्न थालेपछि नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेका छन् । बजारमा नयाँ रकम भित्रिन थालेको छ । तर, यसरी बजार लगातार बढ्दै जाँदा दुर्घटना निम्तिने सम्भावना पनि बढ्दै गएको छ । प्रतिसेयर आम्दानी ऋणात्मक अवस्थामा भएका कम्पनीहरुको सेयरभाउ समेत बढेर ६ सयको हाराहारीमा पुगेको छ । वित्तीय अवस्था कमजोर हुँदाका बावजुत सेयरभाउ अप्रत्याशित बढ्दै जानुले बढ्दो बजारमा फेरी चलखेल सुरु हुन थालेको छ ।

आइतबार सेयर बजार ११३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८१ अंकमा कायम भएको छ । कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागे पनि दोस्रो सर्किट ब्रेकपछि बजार सम्हालिएको थियो ।

चालू आव ०८१र८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक अर्थात् ४ दशमलव ४१ प्रतिशतले बढेर २ हजार ६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।

आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७६ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९ दशमलव ८९ प्रतिशतले बढेको छ ।

लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ । आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन् ।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३६ करोड १० लाख रुपैयाँ बराबरको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से परिसूचकमा दुईपटक सकारात्मक सर्किट लागेको छ। आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक १ प्रतिशत विन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...