सुदूरपश्चिमको कुल बजेट ३१ अर्ब ६२ करोड (यस्तो छ बजेट)

चालु आर्थिक वर्षभन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढी

Surendra bahadur pal

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेटमा कूल विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रहेको ल्याइएको जनाइएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत दुई अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ ।

विनियोजित कूल बजेटको चालुतर्फ ३५ प्रतिशत, पुँजीगततर्फ ५५ दशमलव ४२, अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत नौ दशमलव २५ र वित्तीय व्यवस्थातर्फ शून्य दशमलव ३१ प्रतिशत हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड ७० लाख १५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड १९ लाख रहेको छ ।

यसैगरी सङ्घीय रोयल्टी बाँडफाँडबापत प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, चालु आवको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख ५८ हजार रहेको छ । सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमानित एक अर्ब ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमानित ५५ करोड ६० लाख रहेको बजेट वक्तव्यमा उल्लेख छ ।
भौतिक पूर्वाधार विकासपछि धेरै बजेट पाउनेमा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्र परेको छ । यो क्षेत्रले ६ अर्ब ७४ करोड बजेट हालेको छ ।

शिक्षातर्फ प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा एउटा नमूना विद्यालय छनोट गर्न २० करोड, विज्ञान तथा प्रविधी विश्वविद्यालय स्थापना, विद्यालय दिवा खाजा कार्यक्रमका लागि १० करोड, दलित, कमैया, हलिया, सीमान्तकृत समुदायका बालबालिकालाई एमबीबीएस अध्ययन छात्रवृत्ति कार्यक्रमका लागि पाँच करोड २० लाख विनियोजन गरिएको छ ।

पूर्णपाठ

प्रतिकृया दिनुहोस