सेयर बजार २७.३१ अंकले बढ्याे

Seyar bajar badhyo

काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार पिन सेयर बजारमा उकालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २७.३१ अंकले उकालो लागेको हो । यो संगै सुचक १८७१.३३ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७९ अङ्कले वृद्धि भइ ३५५.४५ विन्दुमा पुगेको छ ।

यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ विन्दुमा अडिएको थियो । सोहि दिन ९१ करोड १९ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोड ५२ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ । यसैगरी, नेप्से सुचकमा २०१ कम्पनीमा वृद्धि भएको छ । १६ कम्पनीमा ओरालो लागेको र एक कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ७ करोड १० लाखको कारोबार गरेको छ । यसैगरि सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ५ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।

मंगलबार सबै उपसुचक कम्पनीहरुमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै निर्माण तथा प्रसोधनको ३ प्रतिशतले मूल्य बढेको छ भने विकास बैंक र फाइनान्स इन्डेक्स कम्पनीको २ प्रतिशतले मूल्य बढेको छ ।

आजको कालिन्चोक दर्शन र आदश् लघुवित्त वित्तिय संस्थाको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् । साथै, सृजनशिल लघुवित्त वित्तिय संस्था, युनिक नेपाल लघुवित्त वित्तिय संस्था र छ्याङदी हाइड्रोपावरको ७ प्रतिशतले मूल्य बढेको नेप्सेले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...