शितल निवासमा ओलीले राष्ट्रपतिको हातबाट पनि लगाए दशैंको टीका

Oli bidhya tika

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग दशैँको टीका थापेका छन् । पत्नी राधिका शाक्यसहित ओली टीका थाप्न राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बडिआमा (ठूलीआमा) हरिमाया ओलीको हातबाट टीका थापेका ओलीले राष्ट्रपतिसँग पनि टीका लगाएका हुन् ।

११ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले टीका लगाएपछि विशिष्ट व्यक्तिलाई र दिउँसो ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइरहेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...