आज नेप्से १४.७१ अंकले बढ्यो
काठमाडौँ । आज शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.७१ अंकले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ । विहीबार कारोवारमा आएका २ सय २० स्क्रिपको २ अर्ब ४१ करोड रुपैयाँ बराबरको ६२ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ । आज शेयर बजार बढेसगैँ कारोवार रकममा पनि वृद्धि भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहहरू सबैको मूल्य बढेको छ। तीमध्ये पनि सबैभन्दा धेरै हाइड्रोपावरको २.०४ प्रतिशत, फाइनान्सको १.६१ प्रतिशत र माइक्रोफाइनान्सको १.२८ प्रतिशतले मूल्य बढेको हो।
आज १ सय १६ कम्पनीको शेयर मुल्य बढेको छ र ५५ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । आज एनआई सी एसिया बैंकको शेयर कारोवार भएको छ । यस कम्पनीको ३० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १३ लाख रुपैयाँ बराबराको शेयर कारोवार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ८ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबराको शेयर कारोवार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ८ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबराको शेयर कारोवार भएको छ भने हिमालयन डिस्टलरीको ६ करोड ६४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिकृया दिनुहोस