ओलीले आचारसंहिता उल्लंघन गरे : कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएका अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेका छन् ।
प्रवक्ता डा. महतले एमालेले आचारसंहिताको धज्जी उडाएको र त्यसप्रति सम्बन्धित निकायले ध्यानाकर्षण गर्न नसकेको भन्दै निर्वाचन आयोगप्रति रोष पनि प्रकट गरे। एमाले अध्यक्ष ओलीले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसको सङ्कल्पपत्रप्रति नकारात्मक टिप्पणी गरेका थिए ।
प्रवक्ता डा. महतले एमाले ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पनि बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका हुन् । ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद प्रकट गरे ।
ओलीले आपत्तिजनक शब्दहरू प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘आचारसंहितालाई धज्जी उडाएर आफूखुशी, मनलागी अत्यन्त अत्यन्त तल्लो स्तरबाट जसरी कुराकानी आइराख्या छन्। स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट त्यस्ता शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ र निर्वाचन आयोगलाई यस सम्बन्धमा हामी गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।
प्रतिकृया दिनुहोस