विप्लवको जमिनदार बन्ने रहर, ८० बिगाह सार्वजनिक जग्गा कब्जा
काठमाडौँ । विप्लव समूहका नेताहरुलाई जमिनदार बन्ने रहर पलाएको छ । क्रान्तिको नाममा सर्वसाधारणबाट जबरजस्ती चन्दा उठाएर नीजि घरघडेरी किनेका छन् । सर्वसाधारणसँग जबरजस्ती चन्दा उठाएर नीजि घर घडेरी जोडेका छन् ।
यो लिष्टमा सो समूहका महासचिव विप्लव पहिलो नम्बरमा आउँछन् । विप्लवले प्रतिबन्धकै बेला चितवनका एक कार्यकर्तालाई पैसा दिएर काठमाडौँ कलंकीमा चारआना जग्गा खरिद गर्न पठाएका थिए ।
जेलमा रहेका नेताहरुले शरीरमा राम्रो लुगा नपाएको र बम विस्फोटका घाइतेको पैसा नभएर उपचार रोकिएको बेला विप्लवले जग्गा खरिद गर्न पठाएको एक नेताले बताए ।
ओली सरकारसँग तीन बुँदे सहमति गरेर खुला भएलगत्तै विप्लवले कपिलबस्तुमा चन्दा उठाएर बचेको पैसाबाट करिब ८० विगाह जमिन खरिद गरेका थिए ।
जनकम्युनको नाममा खरिद गरिएको उक्त जमिन विप्लवले आफ्नै आफन्त र आसेपासेका नाममा गरेका छन् । विप्लवले प्रतिबन्धकै बेला छोरीज्वाईको लागि कपिलबस्तुको शिवगढीमा जमिन खरिद गरेर कृषि फार्म चलाउन लगाएका थिए ।
चन्दा आतंक र हत्यामा उत्रेपछि सरकारले प्रतिबन्ध लगाएको करिब दुई बर्षमा विप्लव समूहका नेताहरुले चन्दा आतंक नै मच्चाएका थिए । उक्त चन्दाबाट नेताहरुले नीजि घर जग्गा खरिद गरेका छन् ।
विप्लवले भित्रभित्रै आफू निकट केन्द्रीय सदस्यहरुलाई शहर बजारमा घडेरी खरिद गर्न सुझाव दिएको एक नेताको दाबी छ । त्यसपछि प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित नेताहरुले सहर बजारमा घर घडेरीसँगै व्यपारमा लगानी गरेका छन् ।
सो समूहका महासचिव विप्लव पनि के कम, कपिलबस्तुको शिबगढीमा चन्दा उठाएको रकमबाट घर निर्माण कार्य सकिन लागेको छ । विप्लवले घरसँगै जोडिएको ८० बिगाह जमिन पार्टीको पैसाबाट जग्गा खरिद गरेका छन् । उक्त जग्गामा अहिले खेती लगाएका छन् ।
विप्लवको कार्यालयका एक सदस्यका अनुसार जमिनदार बनेर विलाशी जीवन बिताउने विप्लवमा भुत सवार भइरहेको छ । उनले चन्दा उठाएको पैसाबाट खरिद गरेको जमिनले नपुगेर सरकारी जमिनमाथि गिद्धे नगर लगाएका छन् । उनले उक्त सरकारी जग्गा कब्जा गरेका छन् । एक सरकारी अधिकारीअनुसार विप्लवले करिब ८० बिगाह सरकारी जमिन पुस्ताकालय र संग्रालयको नाममा कब्जा गर्ने योजना बनाइरहेका छन् । त्यस्तै सरकारी जमिनमै माछा पालन समेत गरेका छन् ।
विप्लवले सरकारी जमिन कब्जा गरेरै पार्टीको कार्यालय बनाएका छन् । देश विदेशका कार्यकर्तासँग चन्दा उठाएर घर नजिकै पार्टी कार्यालय निर्माणको काम सम्पन्न हुँदैछ ।
विप्लवले खेतीयोग्य जमिन बाहेक सरकारी जग्गा पनि कब्जाको लागि एउटा समूहलाई परिचान नै गरेका छन् । विप्लवले पाँच कठामा पार्टी कार्यालय निर्माण गरिरहेका छन् भने छोरा बुहारीको लागि बन्दै गरेको अस्पतालको लागि ७ कठ्ठा जमिन हडपेका छन् ।
विप्लवका पूर्व कार्यालय सचिव असलले एक नेतासँग भनेअनुसार आँखा नजर नपर्नेसम्म विप्लवले जमिन कब्जा गरेका छन् । असलले विप्लवलाई जमिनदार बन्ने रहर लागेको बताउने गरेको एक नेताले बताए ।
असलले विप्लवको आलोचना गर्न थालेपछि कार्यालय सचिवबाट हटाइदिएका छन् । प्रवक्ता विश्वकर्माको योजनामा असललाई हटाइएको बताइएको छ ।
“हाम्रा महासचिवलाई जमिनदार बन्ने रहर लागेपछि क्रान्तिकारी कार्यदिशालाई संसदीय बनाउनु भएको छ । एउटा जमिनदारले झैं महासचिव कमरेडले जमिन हडपी रहनुभएको छ” एक कार्यालय सदस्यले भने ।
उनले विप्लवले क्रान्तिभन्दा पनि आफ्नो व्यवस्थापन गरिरहेका छन् । उनले घर नजिकै पार्टी कार्यालय र छोराको लागि अस्पताल, अध्ययनको लागि पुस्तकालय र घुमघामको लागि संग्रालय बनाइसकेका छन् ।
प्रतिकृया दिनुहोस