भोलीदेखि मनोनयन दर्ता : के के कागजपत्र चाहिन्छ ? शुल्क कति लाग्छ ?

Nirwachan aayog bilding

काठमाडौं । भोलीदेखि २ दिनसम्म यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ताको समय तोकेको छ ।

आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल पनि गरेको छ ।

भोली बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । मनोनयनको समय आइपुग्दा पनि के के कागजपत्र चाहिन्छ भनेर उम्मेदवार र राजनीतिक दलहरुका नेता तथा कार्यकर्ताहरु नै अन्योलमा छन् । मनोनय दर्ता गर्न के के कागजपत्र चाहिन्छ ?

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेश गर्नुपर्ने कागजातको सूची नै सार्वजनिक गरेको छ ।

स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

उम्मेदवारी दर्ता गराउन पहिले त सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम हुनुपर्छ । त्यसपछि सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराउन १५ सय रुपैयाँ धरौटी राख्नुपर्छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिलाई भने मनोनयन दर्ता शुल्क ७५० रुपैयाँ मात्र लाग्नेछ ।

कुनै दलबाट उम्मेदवारी दिन दलले प्रदान गरेको औपचारिक पत्र चाहिनेछ । कुनै सरकारी निकायबाट पारिश्रमिक पाउने व्यक्ति वा जनप्रतिनिधि भएमा राजीनामा दिएको निस्सा आवश्यक पर्नेछ ।

वडा अध्यक्षमा उम्मेदवारी दिन १ हजार रुपैयाँ शुल्क लाग्नेछ । वडा सदस्यका लागि ५ सय रुपैयाँ लाग्नेछ । निर्वाचन सम्पन्न भएपछि पराजित उम्मेदवारहरुले जमानत जफत नभएको अवस्थामा आफ्नो शुलक फिर्ता पाउँछन् ।

उम्मेदवारी दिन के के चाहिन्छ ? हेर्नुहोस् निर्वाचन आयोगले बनाएको सूची

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...