दाङको मस्जिदमा आक्रमण हुँदा नमाज पढिरहेका ७ जना घाइते
दाङ । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य छ ।
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।
प्रहरीका अनुसार लमही नगरपालिका( ५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही बस्नै ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएको थापाले बताए ।
उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए । ‘मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,’ थापाले बताए ।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले बताए ।
प्रतिकृया दिनुहोस